सिरहामा श्रीमतीको हत्याको आरोपमा एक जना पक्राउ

खरीबोट
ad

सिरहा । श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । आफ्नी श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको बरियारपट्टी गाउँपालिका–३ निवासी परमेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।

गत २०७५ जेठ २४ गते सोनिताको हत्या गरी फरार भएका परमेश्वरको खोजतलाश गर्ने क्रममा घरमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधव रिमालले जानकारी दिए ।

यसैगरी सिरहाको मिर्चैया नगरपालिका–३ स्थित राघोपुर सडकखण्डमा गत साउन २४ गते भएको रु २५ लाख ६० हजार लुटपाटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रनाउ रिमालका अनुसार पक्राउ पर्नेमा सिरहा नगरपालिका–१४ निवासी २२ वर्षीय कमलेशकुमार मण्डल र सिरहाकै विष्णुपुर गाउँपालिका–२ राजपुर निवासी २५ वर्षीय महेशकुमार यादव रहेका छन् ।

सिरहाको मिर्चैयास्थित ग्लोबल आइएमई बैंकबाट रकम उठाएर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनि ट्रान्सफरका सञ्चालक कल्याणपुर नगरपालिका–११ निवासी राजाराम साह मोटरसाइकलमा जाँदै गर्दा गत साउन २४ गते दिउँसो दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले पेस्तोल देखाई रकम लुटपाट गरेका थिए ।

सम्बन्धित समाचार

सिरहामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

सिरहा । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्डस्थित सुखीपुर नगरपालिका–२ मा गए राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । सुखीपुरबाट जिरोमिरोमाइलतर्फ आउँदै गरेको स९प

सिरहामा छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

सिरहा । सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र धनगढीमा गए राति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एकको मृत्यु

सिरहामा छोराको कुटाइबाट घाइते बुबाको मृत्यु

सिरहा । आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते भएका सिरहाको लहान नगरपालिका–१८ मनर्वामा बस्ने एक व्यक्तिको मृत्यु भएको छ । घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर घाइते भएका ४५

कमला नदीमा डुबेका ३ बालकमध्ये एकको शव भेटियो

सिरहा। सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर हिजो साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आज बिहान फेला परेको छ भने दुई जना अझै बेपत्ता छन्