• २०८३ भदौ ३० मंगलबार

नवलपरासी पश्चिममा अटो दुर्घटना हुदा ६ जना घाइते

नवलपरासी पश्चिममा अटो दुर्घटना हुदा ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका -४ स्थित पूर्व-पश्चिम राजमार्गमा अटो दुर्घटना हुदा ६ जना घाइते भएका छन् । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ह ३७४० नम्बरको अटो बाटो काट्दै गरेका बालकलाई बचाउने क्रममा मंगलबार विहान अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । 

घाइते मध्ये ४ जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा र २ जनाको चिसापानि अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै