• २०८३ श्रावण १३ बुधबार

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेट, सर्वदलीय बैठकबारे जानकारी

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेट, सर्वदलीय बैठकबारे जानकारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।

बुधबार शीतल निवासस्थित राष्ट्रपति भवन पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग समसामयिक राजनीतिक अवस्था तथा पछिल्ला घटनाक्रमबारे छलफल गरेका हुन् ।

भेटका क्रममा लामिछानेले सुनसरी घटनापछि विकसित परिस्थितिबारे जानकारी गराउनुका साथै उक्त विषयमा छलफल गर्न आफूले आह्वान गरेको सर्वदलीय बैठकका विषयमा राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

राष्ट्रपति कार्यालयका अनुसार भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सामाजिक सद्भाव कायम गर्ने विषय तथा समसामयिक राष्ट्रिय मुद्दाहरूमा पनि कुराकानी भएको थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै