• २०८३ श्रावण १४ बिहीबार

सुनसरी घटनाप्रति उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण, शान्ति कायम गर्न आग्रह

सुनसरी घटनाप्रति उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण, शान्ति कायम गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्जसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको अशान्त वातावरण, श्रृङ्खलाबद्ध घटना र बढ्दो तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

महासंघले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको देश भएको उल्लेख गर्दै कुनै पनि प्रकारको हिंसा, झडप र सामाजिक अशान्तिले सामाजिक सद्भाव मात्र नभई उद्योग, व्यापार, पर्यटन तथा समग्र आर्थिक गतिविधिमा समेत गम्भीर असर पार्ने जनाएको छ ।

विज्ञप्तिमा सबै प्रकारका मतभेदको समाधान शान्तिपूर्ण संवाद र आपसी समझदारीबाट मात्रै सम्भव हुने विश्वास व्यक्त गर्दै सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकार र स्थानीय प्रशासनसँग माग गरिएको छ।

महासंघले नागरिकलाई भ्रम, अफवाह र उत्तेजनाबाट टाढा रहँदै संयमता अपनाउन तथा परम्परादेखि कायम रहेको सामाजिक सद्भाव र भाइचारालाई थप मजबुत बनाउन आग्रह गरेको छ। साथै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारकर्मी र स्थानीय नेतृत्वलाई वर्तमान तनाव अन्त्य गरी दिगो शान्ति स्थापना गर्न सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै