• २०८३ श्रावण १७ आइतबार

थाइल्यान्डबाट ल्याइएको ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

थाइल्यान्डबाट ल्याइएको ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

काठमाडौँ । थाइल्यान्डबाट नेपाल ल्याइएको ११ किलोग्राम गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद यात्रुको निगरानी गर्ने क्रममा साउन १६ गते राति क्याथे प्यासिफिक एयरवेजको उडानमार्फत थाइल्यान्डबाट हङकङ हुँदै नेपाल आएका दुई भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनीहरूले झोलाभित्र लुकाएर ल्याएको ११ किलोग्राम गाँजा बरामद गरिएको छ। उक्त गाँजा लिन विमानस्थल पुगेका अर्का एक भारतीय नागरिकलाई पनि पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको पञ्जाब राज्यको लुधियाना घर भएका ३० वर्षीय सोनी, सोही स्थानका २३ वर्षीय जागरुप सिंह तथा हरियाणा राज्यको कैरु घर भएका २२ वर्षीय साहिल रहेका छन् ।

उनीहरूको साथबाट ११ किलोग्राम गाँजासहित तीन थान राहदानी र तीन थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै