• २०८१ बैशाख १४ शुक्रबार

सेयरबजार ओरालोतर्फ, नौ समूहले गुमाउँदा उत्पादनमूलक समूहले कमायो

kharibot

काठमाडौं । सेयर बजार परिसूचक आज पनि लगभग रातै भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज सोमबार १० वटा समूहको कारोबार हुंदा नौ वटा समूहको सूचक घटेर रातै देखिएको छ उत्पादनमुलक समूहको सूचक सामान्य अंंकले बढेर हरियो देखिएको छ ।

यसबीचमा नेप्से परिसूचक २२ अंकले घटेर ११ सय ८८ दशमलव सात विन्दुमा झर्दा सेन्सिटिभ एक दशमलव ७८ अंकले घटेर दुई सय ५० दशमलव ७५ विन्दुमा झरेको छ । एक सय ६० कम्पनीहरुको तीन हजार छ सय २८ वटा कारोबारमा छ लाख तीन हजार एक सय दुई कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम २२ करोड ६१ लाख ७२ हजार ९३ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज वाणिज्य बौंक समूहको सूचक पाँच दशमलव ४२ अंकले घटेर एक हजार २३ दशमलव ९८ विन्दुमा झर्दा आठ करोड ५० लाख ९५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । विकास बैंक समूहको सूचक पनि १३ दशमलव १२ अंकले घटेर १४ सय ३५ दशमलव ३९ विन्दुमा झर्दा एक करोड ४८ लाख ४७ हजार एक सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी जलबिद्युत समूहको सूचक पनि २३ दशमलव ६२ अंकले घटेर १३ सय ७८ दशमलव ५३ विन्दुमा भर्दा एक करोड ४३ लाख ७८ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, अन्य र लघुबित्त समूहको सूचकमा पनि आज गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सूचीमा परेको वल्र्ड मर्र्चेन्ट बैकिङ एण्ड फाईनान्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ २६ पैसाले बढेर एक सय रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा अग्रस्थानमा परेको सिन्धु विकास बैंकको  प्रतिकित्ता सेयर मूल्य नेौ रुपैयाँ तीन पैसाले घटेर एक सय १६ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल इन्भेष्टमेन्ट बौंकको प्रतिकित्ता पाँच सय ७० रुपैयाँ अन्तिम मूल्यमा एक करोड ८९ लाख ६६ हजार छ सय ४१ रुपैयाँको कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै