• २०८३ भदौ १ सोमबार

सन्धिखर्क–गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह

सन्धिखर्क–गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह

बुटवल । लगातार भइरहेको वर्षाका कारण सन्धिखर्क–गोरुसिङ्गे सडकखण्डअन्तर्गत शितगंगा नगरपालिका–१२ को बसेरीमा सडक भासिएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सडक जोखिमपूर्ण भएकाले अत्यावश्यक काम नपरेसम्म रातिको समयमा उक्त सडक प्रयोग नगर्न यात्रुलाई आग्रह गरेको छ ।

प्रशासनले सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्राको क्रममा सावधानी अपनाउन तथा सम्भव भएसम्म रातिको यात्रा नगर्न अनुरोध गरेको जनाएको छ । प्रशासनले भनेको छ- 'अविरल परिरहेको वर्षाका कारण सन्धिखर्क-गोरुसिङ्गे सडकखण्ड अन्तर्गत शितगंगा नगरपालिका, वडा नं. १२ स्थित बसेरी भन्ने स्थानमा जमिन भासिन गई सडक अवरुद्ध भएको हुँदा यात्रु महानुभावहरुले अत्यावश्यक काम नपरेसम्म रातिको समयमा उक्त सडक प्रयोग गरी यात्रा नगर्नु/नगराउनुहुन हार्दिक अनुरोध छ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै