धादिङ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
सोमबार बिहान करिब ५: ४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । करिब पाँच घण्टापछि पहिरो हटाएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।









