काठमाडौं । सर्वोच्च अदालतले विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको छ ।
प्रकाण्डका भाइ वीरेन्द्र विश्वकर्माले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रकाण्डलाई २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको हो ।
चन्दा उठाएको अभियोगमा महानगरीय प्रहरी परिसरले पक्राउ गरे पनि बन्दी प्रत्यक्षीकरणमा उनी गत शुक्रबार रिहा हुनासाथ प्रहरीले अदालत परिसरबाट पक्राउ गरी काभ्रे लगेको थियो ।