• २०८३ भदौ ३ बुधबार

लुम्बिनीमा जसपा नेपालका सांसदलाई मन्त्री बनाइएकोप्रति मोर्चाको आपत्ति

लुम्बिनीमा जसपा नेपालका सांसदलाई मन्त्री बनाइएकोप्रति मोर्चाको आपत्ति

काठमाडौँ । अग्रगामी मोर्चाले लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी, नेपालका प्रदेशसभा सदस्यहरूलाई एमाले नेतृत्वको प्रदेश सरकारले मन्त्री पदको शपथ गराएको र उनीहरूले सरकारको पक्षमा मतदान गरेकोप्रति आपत्ति जनाएको छ ।

मोर्चाले विज्ञप्ति जारी गर्दै संसदीय व्यवस्थाका मूल्य, मान्यता र मर्यादा तथा जनता समाजवादी पार्टी, नेपालको निर्णय र निर्देशनविपरीत प्रदेशसभा सदस्यहरू सरकारमा सहभागी हुनु र सरकारको पक्षमा मतदान गर्नु अनैतिक तथा असंसदीय कार्य भएको जनाएको छ ।

मोर्चाले भदौ १ गते लुम्बिनी प्रदेशसभामा सरकारको पक्षमा भएको मतदान र त्यसअघि जसपाका प्रदेशसभा सदस्यलाई मन्त्री पदको शपथ गराइएको घटनाको घोर भर्त्सना तथा निन्दा गरेको छ । उक्त कार्य तत्काल सच्याउनसमेत मोर्चाले माग गरेको छ ।

साथै अग्रगामी मोर्चाले आगामी प्रदेश निर्वाचनसम्म मोर्चामा आबद्ध कुनै पनि घटक दल प्रदेश सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको जनाएको छ ।

मोर्चाका प्रवक्ता डा. सिके राउतले जारी गरेको विज्ञप्तिमा संसदीय व्यवस्था र लोकतान्त्रिक प्रणालीका मान्यतालाई कायम राख्न मोर्चा प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै