• २०८३ भदौ ४ बिहीबार

कोलकाताको होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाताको होटलमा आगलागी, नौ जनाको मृत्यु

काठमाडौँ । भारतको पश्चिम बंगालको राजधानी कोलकातास्थित न्यू मार्केट क्षेत्रको एक होटलमा मंगलबार राति भीषण आगलागी हुँदा एक बालकसहित नौ जनाको मृत्यु भएको छ ।

उनीहरूको धुवाँका कारण निसास्सिएर मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । घटनामा अन्य छ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

राति करिब २ बजे होटलको तेस्रो तलाबाट सुरु भएको आगो र धुवाँ पूरै भवनमा फैलिएको थियो । दमकल र प्रहरीले होटलमा फसेका मानिसको उद्धार गरेका थिए ।

प्रारम्भिक अनुमानमा विद्युत् सर्टका कारण आगो लागेको बताइएको छ । प्रहरीले होटलका व्यवस्थापकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै