• २०८३ भदौ ३ बुधबार

बागमतीमा सरकार बनाउन कुनै दललाई समर्थन छैन, संलग्नलाई कारवाही गर्छौं- राजेन्द्र लिङदेन

बागमतीमा सरकार बनाउन कुनै दललाई समर्थन छैन, संलग्नलाई कारवाही गर्छौं- राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बागमती प्रदेशसभामा सरकार निर्माण प्रक्रियामा आफ्नो पार्टीले कुनै दललाई समर्थन नगरेको स्पष्ट पारेका छन् ।

लिङदेनले मुख्यमन्त्रीका लागि नेकपा एमालेका किरण थापालाई समर्थन गरेको भन्दै बुझाइएको पत्र पार्टीको निर्णयविपरीत भएको बताएका छन् । उक्त विषयमा पार्टीले प्रदेश प्रमुखलाई जानकारी गराइसकेको उनले जनाएका छन् ।

पार्टीको निर्णयविपरीत गतिविधिमा संलग्न व्यक्तिमाथि अनुशासनको कारबाही प्रक्रिया सुरु भइसकेको पनि अध्यक्ष लिङदेनले बताएका छन् ।

यसअघि एमालेका नेता किरण थापाले राप्रपासहितको समर्थनमा ६३ सांसदको समर्थनसहित सरकार निर्माणको दाबि पेश गरेका थिए ।

सो समर्थन पत्रमा राप्रपा संसदीय दलका नेता उद्धव थापाले हस्ताक्षर गरेका थिए भने उनी पनि प्रदेश प्रमुखसँग दाबि पेश गर्न पुगेका थिए । राप्रपाले यसअघि नै प्रदेश सरकार निर्माणमा सहभागी नहुने निर्णय गर्दै सोहि अनुसार निर्देशन दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै