• २०८३ भदौ ४ बिहीबार

बागमतीमा राप्रपाबाट तीन जना मन्त्री बन्दै

बागमतीमा राप्रपाबाट तीन जना मन्त्री बन्दै

हेटौडा । बागमती प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको विषयमा राप्रपाभित्र विवाद चर्किरहेका बेला तिन सांसद मन्त्री बन्ने तयारी गरेका छन् ।

केन्द्रको निर्देशन विपरित संसदीय दलले नमानेर एमालेलाई समर्थन गरेपछि संसदीय दलको नेता उद्धव थापालाई कारवाहीको तयारी गरिएको छ ।

यसैबीच राप्रपाका गिरबहादुर तामाङ (ज्ञानुजंग लामा), राजु विष्ट र राजेन्द्र प्रजापति सरकारमा सहभागी हुने भएका छन् । राप्रपाको संसदीय दलले संविधान, पार्टी विधान र संसदीय अधिकारअनुसार सरकारमा जाने निर्णय गरेको बताएको छ । त्यस्तै प्रदेशमा एमाले र नेकपाका २-२ मन्त्री बन्ने बताइएको छ ।

बुधबार मुख्यमन्त्रीको दाबि गरेका एमाले नेता किरण थापा मगरलाई आज ४ बजेर ५ मिनेटमा मुख्यमन्त्री नियुक्त गर्ने र आजै ४ बजेर २० मिनेट जादा शपथ हुने प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै