• २०८३ भदौ ५ शुक्रबार

फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो राख्ने पक्राउ

फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो राख्ने पक्राउ

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका ६ नयाँसाँघुबाट फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने एक जना र लाइसेन्स नभएको भरुवा बन्दुक राख्ने एक जना गरी २ जनालाई पक्राउ गरिएको छ । 

भीमसेन थापा गाउँपालिका २ सुनार गाउँ घर भई हाल पालुङटार नगरपालिका–१ खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनारले आफ्नो फेसबुक मार्फत भरुवा बन्दुक लिएको फोटो पोस्ट गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रेम सुनारलाई लाइसेन्स नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उक्त भरुवा बन्दुक पालुङटार नगरपालिका–१ खोप्लाङ बस्ने ३३ वर्षीय विष्णु सुनारको भएको खुलेपछि उनलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै