काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत ४८१ शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाको ५६औँ कार्यपालिका बैठकले नेपाल भाषा प्रशिक्षण सहायक १७२, तामाङ भाषा प्रशिक्षण सहायक १, प्राविधिक धारका शिक्षक १६, प्रशिक्षक ३२, सहायक प्रशिक्षक १६, विद्यालय सहायक १, आया ८७, प्रारम्भिक बाल विकास शिक्षक १२३ र विद्यालय नर्स ३३ जनालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरेको हो ।
महानगरपालिकाका अनुसार यस निर्णयबाट सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले सामाजिक सुरक्षा योजनाबाट प्राप्त हुने सुविधा लिन पाउनेछन् ।









