• २०८३ भदौ ५ शुक्रबार

टप एन्ड सिरिजमा नेपाल ए को खराब शुरुवात

टप एन्ड सिरिजमा नेपाल ए को खराब शुरुवात

काठमाडौँ । नेपाल ए ले अस्ट्रेलिया जारी टप एन्ड सिरिजमा खराब शुरुवात गरेको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल ए एनटी स्ट्राइकसँग ८ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १२३ रनको लक्ष्य पछाएको एनटी स्ट्राइकले १५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो  ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो । नेपाल ए का लागि पवन सराफले ४१ रन बनाएका थिए भने लोकेश बमले १६, नारायण जोशीले १५, कप्तान अनिल शाहले १४, तृतराज दासले १३ रन बनाएका थिए । त्यस्तै एनटी स्ट्राइकका बलर हमिश मार्टिनले सर्बाधिक ३ विकेट लिएका थिए ।

अस्ट्रेलियाको एनटी स्ट्राइकले आयोजना गर्ने टप एन्ड टी-२० प्रतियोगिता अगस्ट ३० सम्म डार्विनमा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालले अगस्ट २२ मा बंगलादेश, अगस्ट २४ मा हुरिकेन्स, अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै