हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभामा विश्वासको मत लिने मिति परिवर्तन भएको छ ।
यसअघि भदौ ७ गते आइतबार विश्वासको मत लिने गरी तय गरिएकोमा अब भदौ ८ गते हुने भएको हो । प्रदेशसभा सचिवालयले शुक्रबार जारी गरेको संशोधित सूचनाअनुसार प्रदेशसभाको आठौं अधिवेशनको १८औं बैठक भदौ ८ गते सोमबार दिउँसो १ बजे बस्ने भएको हो ।
मुख्यमन्त्री थापामगरले सोमबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।









