• २०८३ भदौ ७ आइतबार

पोखरामा कृषि बजार सञ्चालनमा

पोखरामा कृषि बजार सञ्चालनमा

पोखरा । पोखरा महानगरपालिकाले ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज सहज रूपमा बजारसम्म पुर्‍याउने र किसान तथा उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने उद्देश्यले कृषि बजार सञ्चालनमा ल्याएको छ ।

महानगरका विभिन्न ग्रामीण क्षेत्रमा उत्पादन भएका तरकारी, फलफूललगायत कृषि उपज कृषि एम्बुलेन्समार्फत बजारका विभिन्न स्थानमा पुर्‍याएर बिक्री गर्ने व्यवस्था गरिएको छ ।

महानगरपालिकाका अनुसार यसबाट किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले स्थानीय तथा ताजा कृषि उपज सहज रूपमा खरिद गर्न पाउनेछन् । कृषि बजार सञ्चालनसँगै बिचौलियाको प्रभाव घट्ने, स्थानीय उत्पादनको प्रवद्र्धन हुने, किसानको आम्दानी बढ्ने र उपभोक्ताले सहुलियत मूल्यमा कृषि उपज पाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै