• २०८३ भदौ १० बुधबार

मिडिया काउन्सिलसम्बन्धी विधेयकमा राय सुझाव माग

मिडिया काउन्सिलसम्बन्धी विधेयकमा राय सुझाव माग

काठमाडौँ । सञ्चार तथा सूचना मन्त्रालयले मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि सरोकारवाला तथा सर्वसाधारणबाट राय–सुझाव माग गरेको छ ।

मन्त्रालयले सूचना प्रकाशित गर्दै विधेयकमा कुनै राय वा सुझाव भए सात दिनभित्र उपलब्ध गराउन आग्रह गरेको हो । इच्छुक व्यक्ति तथा सरोकारवालाले भदौ १६ गतेभित्र मन्त्रालयमा वा मन्त्रालयको इमेल ठेगाना info@moic.gov.np मा आफ्नो सुझाव पठाउन सक्नेछन् ।

मन्त्रालयका अनुसार राय–सुझाव विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम माग गरिएको हो । प्राप्त सुझावलाई विधेयकलाई थप प्रभावकारी र सरोकारवालामैत्री बनाउन उपयोग गरिने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै