• २०८३ भदौ १० बुधबार

भोटेकोशीमा ठूलो बाढीपछि मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आकस्मिक बैठक जारी

भोटेकोशीमा ठूलो बाढीपछि मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आकस्मिक बैठक जारी

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीबारे छलफल गर्न गृहमन्त्री सुधन गुरुङको विशेष उपस्थितिमा मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आकस्मिक बैठक सुरु भएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बततर्फबाट भोटेकोशी नदीमा अत्यधिक ठूलो बाढी आएको हो । बाढीका कारण नदीको जलसतह बढ्नुका साथै तल्लो तटीय क्षेत्र डुबानमा परेको जनाइएको छ ।

अचानक आएको बाढीका कारण नदी आसपासका क्षेत्रमा ठूलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ। बाढीबाट भएको क्षतिको विवरण भने अझै यकिन भइसकेको छैन ।

प्रशासनले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

बाढीको अवस्था र उद्धार तथा राहतका विषयमा आवश्यक निर्णय लिन मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आकस्मिक बैठक बसिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै