• २०८३ भदौ ११ बिहीबार

भोटेकोशी बाढी: अहिलेसम्म २७० को शव भेटियो

भोटेकोशी बाढी: अहिलेसम्म २७० को शव भेटियो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म २७० जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार विहिबार दिउसो साढे १ बजेसम्मको अपडेट अनुसार २७० जनाको शव फेला परेको हो । जसमा रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ ।

यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये ठूलो संख्या अझै सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ । टिमुरेमा कार्यरत २३ प्रहरीमध्ये १३ जना सम्पर्कमा आएका छन् । रसुवागढीमा कार्यरत ९ जनामध्ये १ जना, स्याफ्रुबेँसीमा कार्यरत ८ जनामध्ये ५ जना, मैलुङमा कार्यरत ८ जनामध्ये ३ जना, बेत्रावतीमा कार्यरत १० जनामध्ये ९ जना र हाकुमा कार्यरत ६ जनामध्ये ५ जना सम्पर्कमा आएका छन् । विवरणअनुसार हालसम्म २८ जना प्रहरी सम्पर्कमा नआएको जनाइएको छ ।

त्यसैगरी, बाढीपछि ३३ देशका ६४४ पर्यटक तथा नेपाली नागरिक अझै सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

नेपाल पर्यटन बोर्डको बिहीबार दिउँसो १२ बजेसम्मको अपडेट जानकारी अनुसार बाढीमा सबैभन्दा धेरै भारतका १७८ जना सम्पर्कविहीन छन् भने नेपालका १२७ जना पर्यटक सम्पर्कविहीन रहेका छन् ।  देशअनुसार सम्पर्कविहीन हुने पर्यटकमा भारतका १७८ जना, नेपालका १२७ जना, अमेरिकाका ६५ जना, मलेसियाका ५१ जना, युक्रेनका ५३ जना, अष्ट्रेलियाका ३५ जना, बेलायतका ३३ जना, क्यानडाका २५ जना, सिंगापुरका ९ जना, जर्मनी र रुसका ८- ८ जना रहेको बोर्डले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै