• २०८३ भदौ ११ बिहीबार

भोटेकोशी बाढी: अहिलेसम्म ३५९ जनाको शव भेटियो

भोटेकोशी बाढी: अहिलेसम्म ३५९ जनाको शव भेटियो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ३५९ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार अहिलेसम्म ३५९ जनाको शव फेला परेको हो । जसमा रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३२, गोरखामा ३०, तनहुँमा २२, नवलपरासी पूर्वमा ८२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ ।

यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये २८ जना सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ ।  त्यस्तै प्रहरीले हाल काठमाडौँका विभिन्न अस्पतालमा कुल ६३ जना उपचाररत रहेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै