• २०८३ भदौ १२ शुक्रबार

बाढी प्रभावितका लागि अनधिकृत रकम संकलन नगर्न प्रधानमन्त्रीको सचिवालयको चेतावनी

बाढी प्रभावितका लागि अनधिकृत रकम संकलन नगर्न प्रधानमन्त्रीको सचिवालयको चेतावनी

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटिरहेका बेला अनधिकृत रूपमा रकम सङ्कलन भइरहेको भन्दै प्रधानमन्त्री सचिवालयले सहयोगकर्तालाई सजग रहन आग्रह गरेको छ ।

कतिपय व्यक्ति, समूह तथा संस्थाले जथाभावी क्यूआर कोड र व्यक्तिगत बैंक खाता नम्बर सार्वजनिक गरी रकम सङ्कलन गरिरहेकोप्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विपद्को कठिन अवस्थामा प्राप्त हुने सहयोगको पारदर्शी रूपमा उपयोग, उचित व्यवस्थापन तथा सम्भावित आर्थिक ठगीबाट बच्न सरकारले सार्वजनिक गरेका आधिकारिक क्यूआर कोड र बैंक खाता नम्बरमा मात्र रकम सहयोग गर्न सचिवालयले अनुरोध गरेको छ ।सचिवालयले भनेको छ- 'विपद्का बेला हुने आर्थिक सहयोग सही ठाउँमा पुग्ने सुनिश्चितताका लागि सरकारले सार्वजनिक गरेका आधिकारिक क्यूआर कोड र खातामार्फत मात्र सहयोग गर्नुहोस् ।'

सरकारका तर्फबाट बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाउन सञ्चालनमा रहेका दुई मुख्य कोष र तिनका खाता विवरणसमेत सार्वजनिक गरिने सचिवालयले जनाएको छ ।

सरकारले विदेशमा रहेका नेपाली तथा नेपालको विपद्को घडीमा सहयोग गर्न चाहने विदेशी नागरिक र संस्थाले सिधै नेपाल सरकारको खातामा सहायता रकम पठाउन सक्ने गरि वेब पोर्टल संचालनमा ल्याएको छ । सहयोगका लागि https://pmdrf.nchl.com.np/ वेब पोर्टल प्रयोग गर्न सकिने सरकारले जानकारी दिएको छ ।

भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका छन् । विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्न आवश्यक भएकाले सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न आग्रह गरेको हो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष

हिमालयन बैंक लिमिटेड (डलर खाता) - खाता नम्बर : ०१९०५६३१२१००४६

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड- खाता नम्बर : ०१०१३२४३८०१, ०२०१३२४३८०१

राष्ट्रिय वाणिज्य बैंक- खाता नम्बर : ११३०१००००३७६२००१, ११३०१०००००००६००६

एभरेस्ट बैंक लिमिटेड- खाता नम्बर : ००१००१०५२००२७०, ००१०११०२२०००१२

नेपाल बैंक लिमिटेड- खाता नम्बर : ००२११६००५१००३९०००००३, ००२००१००५१००३९०००००१

ग्लोबल आइएमई बैंक लिमिटेड- खाता नम्बर : ००४०१०१०००००५७, ००४११०१००००००५

नबिल बैंक- खाता नम्बर : १७१००१७५०५२८५

कृषि विकास बैंक लिमिटेड- खाता नम्बर : ०१००२०१००२९०७०१४

प्रधानमन्त्री राहत कोष

राष्ट्रिय वाणिज्य बैंक- खाता नम्बर : १४३०१०००००२५००६, १४३०१००००११६४००१

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै