• २०८३ भदौ १२ शुक्रबार

विद्युत प्राधिकरणले भन्यो- जलविद्युत् आयोजनामा फसेका कर्मचारी र मजदुरको उद्धारमा तिब्रता

विद्युत प्राधिकरणले भन्यो- जलविद्युत् आयोजनामा फसेका कर्मचारी र मजदुरको उद्धारमा तिब्रता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धार कार्यलाई तीव्रता दिएको छ ।

प्राधिकरणका अनुसार उद्धारका लागि आवश्यक सामग्री, उपकरण र जनशक्तिसहित थप हेलिकप्टर आज काठमाडौँबाट प्रभावित क्षेत्रतर्फ पठाइएको छ । सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सुरक्षा मापदण्ड पालना गर्दै उद्धार टोली परिचालन गरिएको हो ।

विशेषगरी नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारसँगै शान्तिबजार क्षेत्रमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

बाढीबाट प्रभावित आयोजनामा कार्यरत जनशक्तिको सुरक्षा तथा उद्धारलाई उच्च प्राथमिकतामा राखिएको भन्दै प्राधिकरणले आवश्यकताअनुसार उद्धार तथा राहत कार्यलाई निरन्तरता दिने जनाएको छ ।

प्राधिकरणले विपद्को कठिन अवस्थामा सबैलाई धैर्य र संयम कायम राख्न आग्रह गर्दै आधिकारिक निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै