• २०८३ भदौ १२ शुक्रबार

भोटेकोशी बाढी: अहिलेसम्म ५४७ जनाको शव फेला

भोटेकोशी बाढी: अहिलेसम्म ५४७ जनाको शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार अहिलेसम्म ५४७ जनाको शव फेला परेको हो । जसमा रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, चितवनमा २२१, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वमा १३४  र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।

यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये २७ जना सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ । सम्पर्कविहीन मध्ये एक जनाको शव फेला परेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै