काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वोङले टेलिफोन वार्ता गरेकी छन् ।
शुक्रबार भएको वार्तामा मन्त्री वोङले विपद्का कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कठिन अवस्थामा नेपाललाई सम्भव सबै सहयोग गर्न अस्ट्रेलिया सरकार तयार रहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री खनालले अस्ट्रेलिया सरकार र त्यहाँका जनताले विपद्को यस कठिन घडीमा देखाएको ऐक्यबद्धता र सहयोगका लागि आभार व्यक्त गरेका थिए ।
उनले नेपाल सरकारले विपद्बाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका छन् ।
भोटेकोशीको बाढीमा अहिलेसम्म ३५ जना अस्ट्रेलियाका नागरिक पनि बेपत्ता रहेका छन् । त्यस्तै, अस्ट्रेलियाले नेपालको बाढीपछिको राहत र उद्धारको लागि ३५ लाख डलर सहयोग गर्ने यसअघि नै घोषणा गरेको थियो ।









