• २०८३ भदौ १४ आइतबार

लिभरपुल र नटिङ्घम फरेस्टबीच रोमाञ्चक बराबरी

लिभरपुल र नटिङ्घम फरेस्टबीच रोमाञ्चक बराबरी

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत लिभरपुल र नटिङ्घम फरेस्टबीचको खेल २-२ गोलको बराबरीमा सकिएको छ ।

शनिबार लिभरपुलको घरेलु मैदानमा भएको खेलमा नटिङ्घम फरेस्टले २४औँ मिनेटमा डान एनडोयेको गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफमा पछि परेको लिभरपुलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो । खेलको ६०औँ मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याएका थिए । त्यसपछि ७०औँ मिनेटमा मोर्गन गिब्स ह्वाइटले पेनाल्टीमार्फत गोल गर्दै नटिङ्घम फरेस्टलाई पुनः अग्रता दिलाएका थिए ।

तर लिभरपुलले हार टार्दै ८२औँ मिनेटमा भिक्टर मुन्योसको गोलबाट खेल २-२ को अवस्थामा पुर्‍याएको थियो । बाँकी समयमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि निर्णायक गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भए ।

यो बराबरीसँगै लिभरपुलले यस सिजनको सुरुआती खेलमा अर्को बराबरी बेहोरेको छ । यसअघि उसले न्युक्यासल युनाइटेडसँग पनि २-२ को बराबरी खेलेको थियो । नटिङ्घम फरेस्टले भने लिगमा लगातार दोस्रो खेलमा अंक गुमाएको छ ।

लिभरपुलका लागि नयाँ प्रशिक्षक आन्दोनी इराओलाको घरेलु मैदानमा यो पहिलो लिग खेल थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै