• २०८३ भदौ १४ आइतबार

भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री यी स्थानमा बुझाउन सकिने

भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री यी स्थानमा बुझाउन सकिने

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री सहयोग गर्न इच्छुक व्यक्ति, सङ्घसंस्था तथा सहयोगी निकायले सरकारले तोकेका स्थानमा सामग्री बुझाउने व्यस्था मिलाएको जनाएको छ ।

विदेशबाट हवाईमार्फत ल्याइने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा सङ्कलन गरिएको छ भने आवश्यकताअनुसार सरकारले ती सामग्री प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउनेछ । यसका लागि श्रद्धा भट्टराई (विश्व खाद्य कार्यक्रम प्रतिनिधि) : ९८४१८७९२२२ लाई सम्पर्क गर्न सकिने बताइएको छ । 

स्वदेशभित्र राहत सामग्री बुझाउने केन्द्र :

१. निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँ

सम्पर्क : सशस्त्र प्रहरी निरीक्षक अमर बरामु – ९८५१०६५८७४

२. सहरी विकास तथा भवन निर्माण विभाग, बबरमहल, काठमाडौँ

सम्पर्क : हिमविक्रम केसी – ९८५१०८५२०३

३. नेपाली सेना मैथिली ब्यारेक, बट्टार, नुवाकोट

सम्पर्क : आविष्कार – ९८५१२३४३२४

४. नेपाली सेना बैरेनी ब्यारेक, धादिङ

सम्पर्क : दिलीप घले – ९८५११५४२२६

यसका अतिरिक्त इच्छुक दाताले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत समेत राहत सामग्री सहयोग उपलब्ध गराउन सक्ने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै