• २०८३ भदौ १४ आइतबार

एसीसी प्रिमियर कपमा आज नेपालले बहराइनको सामना गर्दै

एसीसी प्रिमियर कपमा आज नेपालले बहराइनको सामना गर्दै

काठमाडौं । मलेसियामा शुरु भएको एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज बहराइनको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुदैछ । 

प्रतियोगिताको पहिलो दिन काठमाडौं ओमान र हङकङले विजयी सुरुआत गरेका छन् । समूह बी को खेलमा ओमानले सिंगापुरलाई र समुह ए को खेलमा हङकङले साउदी अरेबियालाई पराजित गरेको हो । 

नेपाल समुह ए मा हङकङ, साउदी अरेबिया, बहराइन र आयोजक मलेसियासँग रहेको छ । यस प्रतियोगितामा नेपालले पहिलो खेल आज बहराइनसँग खेल्दैछ भने दोस्रो खेल सेप्टेम्बर ३ मा मलेसियासँग, तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग, चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने छ । यस प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ। 

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टिम पठाएको छ । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै