• २०८३ भदौ १४ आइतबार

चेल्सीको ब्राइटनमाथि रोमाञ्चक जित

चेल्सीको ब्राइटनमाथि रोमाञ्चक जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले ब्राइटनलाई ४-३ गोल अन्तरले पराजित गरेको छ । 

आइतबार चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले सुरुवातमै तीन गोलको अग्रता बनाए पनि दोस्रो हाफमा ब्राइटनले कडा चुनौती दिएको थियो ।

चेल्सीले चौथो मिनेटमै रोमियो लाभियाको गोलबाट अग्रता लिएको थियो । पेड्रो नेटोले १४औँ मिनेटमा दोस्रो गोल थपे भने जोआओ पेड्रोले ३२औँ मिनेटमा गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाएका थिए ।

ब्राइटनका मालिक याल्कोएले ३५औँ मिनेटमा गोल गर्दै अन्तर घटाए । दोस्रो हाफमा चेल्सीका जोआओ पेड्रोले आफ्नै पोस्टमा गोल गरेपछि ब्राइटन ३-२ को अवस्थामा पुगेको थियो । त्यसपछि कोल पाल्मरले खेलको ७४औँ मिनेटमा गोल गर्दै चेल्सीको अग्रता ४-२ बनाएका थिए । तर खेलको इन्जुरी समयको छैटौँ मिनेटमा पास्कल ग्रोसले ब्राइटनका लागि तेस्रो गोल गरेपछि खेलको अन्तिम क्षणसम्म रोमाञ्चक बनेको थियो ।

अन्ततः चेल्सीले ४-३ गोलको जित सुरक्षित गर्दै लिगमा लगातार दोस्रो जित हात पारेको छ । यससँगै चेल्सीले दुई खेलबाट ६ अंक जोडेको छ भने ब्राइटनको दुई खेलबाट ३ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै