• २०८३ भदौ १५ सोमबार

जलविद्युत् आयोजनाका सुरुङमा कसरी हुदैछ उद्धारको काम ?

जलविद्युत् आयोजनाका सुरुङमा कसरी हुदैछ उद्धारको काम ?

काठमाडौँ । गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाहरु प्रभावित बनेका छन् । यी आयोजनाहरुमा मानिसहरू समेत फसेको आशंका पछि आयोजना क्षेत्रमा उद्धारका प्रयासहरु जारी राखेको छ । 

प्रभावित आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार साँझसम्म २७९ जनाको उद्धार गरिसकिएको छ ।  रसुवाको माथिल्लो त्रिशूली-१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ । चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास जारी राखेको छ । साथै चिनियाँ टोलीले सुरुङभित्र ३ किलोमिटरसम्म खोज गरिसकेको छ । तर, अहिलेसम्म मानिस फेला पार्न नसकेको बताइएको छ । 

नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाको सुरुङमा उद्धारको प्रयास जारी राखिएको छ । उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ‘ब्लास्टिङ’को प्रयास अघि बढाइएको छ । घटनास्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बल, नेपालका १८ जना र नेपाल प्रहरीका ६ जना विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली खटिएको छ । टोलीले आइतबार दिउँसो सुरुङको मुख्य भागमा पुगेर २×३ फिटको प्वाल बनाएको थियो । डोरीको सहायताले टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि त्यसैलाई ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ । 

त्यसैगरी, नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनामा पनि उद्धारको प्रयास जारी छ । आयोजनामा भैरवनाथगण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीद्वारा उद्धारको प्रयास भइरहेको छ । यस क्षेत्रमा चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको छ । 

त्यस्तै, रसुवाको चिलिमे जलविद्युत आयोजनामा नेपाली सेनासँगको समन्वयमा भारतीय टोलीले रेकीगरी पम्प र एस्काभेटर लगेर उद्धारको प्रयास गरिरहेको छ ।  अर्कोतर्फ, रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनामा नेपाली सेनाद्धारा खोज तथा उद्धार प्याट्रोल भइरहेको छ । भारतीय टोलीले नेपाली सेनासँग समन्वय गरी रेकीगरी पम्प र एस्काभेटर लगेर थप काम सुरु भएको छ । 

त्यस्तै, रसुवाकै मैलुङ खोला जलविद्युत् आयोजनामा कोरियन विशेषज्ञको टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकी भइ काम समेत सुरु भइसकेको छ ।

सरकारले सार्बजनिक गरेको आँकडा अनुसार यी जलविद्युत आयोजनाका सुरुङभित्र करिब ९३३ जना सम्पर्कविहिन रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै