• २०८३ भदौ १६ मंगलबार

आज विश्व चिठी लेखन दिवस मनाइदै

आज विश्व चिठी लेखन दिवस मनाइदै

काठमाडौँ । हरेक वर्ष सेप्टेम्बर १ मा विश्व चिठी लेखन दिवस मनाइन्छ । डिजिटल सन्देश र विद्युतीय पत्रको बढ्दो प्रयोगसँगै हराउँदै गएको हातले चिठी लेख्ने परम्पराको महत्व सम्झाउन यो दिवस मनाउने गरिन्छ ।

यस दिवसको सुरुवात सन् २०१४ मा अस्ट्रेलियाका रिचर्ड सिम्पकिनले गरेका थिए । सन् १९९० को दशकको अन्त्यतिर सिम्पकिनले आफूले अस्ट्रेलियाका प्रेरणादायी व्यक्तिका रूपमा मानेका विभिन्न व्यक्तिलाई चिठी लेखेका थिए । ती व्यक्तिहरूबाट चिठीमार्फत प्राप्त जवाफबाट प्रभावित भएपछि उनले चिठी लेखनलाई प्रोत्साहन गर्ने अभियान सुरु गरेका थिए ।

सन् २००५ मा उनले ‘अस्ट्रेलियन लेजेन्ड्स’ पुस्तक प्रकाशन गरे । पुस्तक तयार पार्ने क्रममा प्राप्त चिठीको प्रभावबाट उनले चिठी लेखनका लागि छुट्टै दिवस स्थापना गर्ने अवधारणा अघि सारेका थिए ।

विश्व चिठी लेखन दिवसले मानिसलाई सामाजिक सञ्जाल र तत्काल सन्देशबाट केही समय टाढा रहेर कलम र कागजमार्फत आफ्ना भावना तथा विचार व्यक्त गर्न प्रेरित गर्छ । यस दिन प्रियजन, साथी वा आफन्तलाई हातले चिठी लेखेर दिवस मनाउने गरिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै