• २०८३ भदौ १६ मंगलबार

रास्वपाले फेरि बोलायो सर्वदलीय बैठक

रास्वपाले फेरि बोलायो सर्वदलीय बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज फेरि सर्वदलीय बैठक बोलाएको छ।

बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ता भएकाको खोजी तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि रास्वपा सभापति रवि लामिछानेले भोटेकोशी बढी आएको दोस्रो दिन भदौ ११ गते सर्बदलीय बैठक बोलाएका थिए । सर्बदलीय बैठकले संयुक्त संयन्त्र बनाउने निर्णय गरेपछि त्यो अहिलेसम्म कार्यान्यनमा भने आएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै