• २०८३ भदौ १६ मंगलबार

भोटेकोशी बाढी अपडेट: हालसम्म १ हजार ५६ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट: हालसम्म १ हजार ५६ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ । 

जसमध्ये रसुवामा ३८ जना, नुवाकोटमा १ सय ५१ जना, धादिङमा ५७ जना, चितवनमा ३२१ जना, गोरखामा ६५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २१६ जना, नवलपरासी पश्‍चिम १६५ जना र भारतमा ५ जना गरी १ हजार ५६ जनाको शव फेला परेको हो । फेला परेको शवहरू मध्ये ९७२ को लाशजाँच मुचुल्का सम्पन्न भएको छ भने ५८ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । 

त्यस्तै, फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १२१ महिला, १९८ पुरूष र ३६५ नखुलेको गरी जम्मा ६८४ वटा शव व्यवस्थापन (माटो मुनि गाडिएको) गरिएको र पहिचान नभएको ८६९ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको जानकारी प्रहरीले दिएको छ  । 

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९१२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको, बाढी प्रभावित क्षेत्रहरूबाट ४ हजार ५३० जनाको उद्दार गरिएको छ भने हालसम्म बेपत्ता भएका ४ हजार ६०६ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ४५३ जना व्यक्तिहरूलाई राखिएको छ । जसमध्ये नुवाकोटमा २ हजार ४६६ जना, धादिङमा २६० जना, रसुवामा  ३९८ जना र काठमाडौंमा ३२९ जना रहेका छन् ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै