• २०८३ भदौ १७ बुधबार

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्त

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्त

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त भएका छन् ।

प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. शिवेन्द्र झा, रजिस्ट्रारमा धरणीधर बराल र अस्पताल निर्देशकमा डा. इन्द्रकुमार लिम्बु नियुक्त भएका हुन् ।

नवनियुक्त पदाधिकारीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

पदाधिकारीहरूले प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक कामसँगै स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, संस्थागत सुधार अघि बढाउने र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै