काठमाडौं । प्रतिनिधि सभा जारी रहेका बेला नेपाली कांग्रेसका सांसद भरतबहादुर खडका ढलेका छन् ।
संसद जारी रहेकै समयमा ढलेपछि सांसदहरू खड्कालाई उठाएर बाहिर लागिएको छ ।
बैठक कक्ष बाहिर लगेर परिक्षण गर्दा उनलाई उच्चरक्तचाप देखिए बताइएको छ । अहिले उनलाई अस्पताल लैजाने तयारी गरिएको बताइएको छ ।









