काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण चीनको तिब्बतमा रहेका ११४ नेपाली नागरिकलाई चीन सरकारले सकुशल उद्धार गरी नेपाल प्रवेश गराएको छ ।
काम विशेषले तिब्बत पुगेका उनीहरूमा एक नाबालकसमेत रहेका छन् । चीन सरकारले उद्धार गरेका उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल ल्याइएको हो ।
बाढीका कारण सीमावर्ती क्षेत्रमा आवतजावत प्रभावित भएपछि चीनमा रहेका नेपालीको उद्धार गरी सुरक्षित रूपमा नेपाल फर्काइएको जनाइएको छ ।









