• २०८३ भदौ १८ बिहीबार

चीनबाट तेस्रो चरणको राहत सामग्री नेपाल आइपुग्यो

चीनबाट तेस्रो चरणको राहत सामग्री नेपाल आइपुग्यो

काठमाडौं । चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुगेको छ ।

चीनबाट पठाइएको राहत सामग्री बोकेको वाई–२० ए विमान विहिबार नेपाल आइपुगेको हो । बाढी तथा विपद् प्रभावितको उद्धार र राहतमा सहयोग पुर्‍याउन चीनले निरन्तर सहायता उपलब्ध गराउँदै आएको छ ।

राहत सामग्रीसँगै पीडितको पहिचानमा सहयोग गर्न चीनका १० जना फरेन्सिक विशेषज्ञसमेत नेपाल आएका छन् । उनीहरूले उद्धार गरिएका शव तथा मानव अवशेषको पहिचान प्रक्रियामा नेपाली पक्षलाई सहयोग गर्ने बताइएको छ ।

चीनले यसअघि ३० करोड नगद र दुई पटक गरेर पाल, कम्बल, सुत्ने झोला, सुख्खा खाद्यान्न र प्राथमिक उपचार सामग्रीसहित १३ हजार २०० थान राहत सामग्री पठाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै