• २०८३ भदौ २१ आइतबार

रुस र युक्रेनबीच तीन दिनको युद्धविराम

रुस र युक्रेनबीच तीन दिनको युद्धविराम

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले रुससँग अस्थायी युद्धविरामको प्रस्ताव राखेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले किभमा तीन दिनसम्म आक्रमण नगर्न आदेश दिएका छन् । क्रेमलिनका अनुसार शनिबार मध्यरातदेखि तीन दिनसम्म किएभमा रुसी आक्रमण रोकिएको छ ।

जेलिन्स्कीले शुक्रबार युक्रेनले हवाई आक्रमण रोक्ने भन्दै रुसले पनि त्यसको जवाफमा आक्रमण रोक्नुपर्ने प्रस्ताव गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनर युद्ध अन्त्य गर्ने प्रस्ताव लिएर मस्को पुगेका बेला रुसले अस्थायी रूपमा आक्रमण रोक्ने घोषणा गरेको हो ।

पछिल्ला दिनमा रुस र युक्रेनबीच हवाई आक्रमण तीव्र बनेको थियो । रुसले किभसहित युक्रेनका विभिन्न सहरमा ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण बढाएको थियो भने युक्रेनले पनि रुसी सैन्य संरचना, तेल प्रशोधन केन्द्रलगायत क्षेत्रमा लामो दूरीका आक्रमण गर्दै आएको छ ।

अमेरिकी दूत विटकफ र कुशनरले यसअघि जनवरीमा मस्को पुगेर पुटिनसँग भेटवार्ता गरेका थिए । उनीहरू पहिलोपटक किभ पुगेका हुन् । जेलिन्स्कीले युद्ध अन्त्यका लागि अमेरिकी दूतहरूले ल्याउने प्रस्ताव र त्यसप्रति मस्कोको प्रतिक्रियालाई आफूहरूले हेर्ने बताएका छन् ।

यद्यपी अमेरिकी विशेष दुतले राष्ट्रपति पुटिनसँग करिब तीन घण्टा भेटवार्ता गरेको र कुनै सहमति भने नभएको मिडिया रिपोर्टमा दाबि गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै