• २०८३ भदौ २१ आइतबार

एनभीएलमा अन्नपूर्ण स्पाइकर्सबाट काठमाडौँ रेड्स सोझो सेटमा पराजित

एनभीएलमा अन्नपूर्ण स्पाइकर्सबाट काठमाडौँ रेड्स सोझो सेटमा पराजित

काठमाडौँ । जारी नेपाल भलिबल लिग (एनभीएल) मा भएको आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्सले काठमाडौँ रेड्सलाई तीन सेटको सोझो सेटमा पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार सम्पन्न खेलमा अन्नपूर्णले काठमाडौँलाई २५-२३. २८-२३ र २५-२३ को सोझो सेटमा पराजित गरेको हो ।

यसअघि पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसँग पराजित भएको थियो । त्यस्तै पहिलो खेल जितेको काठमाडौँले भने दोस्रो खेलमा हार बेहोरेको छ ।

एनभीएल अन्तर्गत आजै दोस्रो खेल कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच साँझ ७ बजे खेल हुदैछ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै