• २०८३ भदौ २२ सोमबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा पुनः बस्ने भएको छ ।

आइतबार सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन, पीडितसँगको भेटघाट र छलफलपछि सभापति थापाले त्यहाँको अवस्थाबारे बैठकलाई जानकारी गराएका थिए ।

आइतबारको बैठकमा १७ जनाले आफ्नो धारणा राखेका थिए। छलफल पूरा नभएकाले बैठक आज पुनः बस्न लागेको कांग्रेसले जनाएको छ ।

बैठकमा सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र बहादुरसिंह लामा तथा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, चन्द्रकान्त भण्डारीलगायतले आफ्नो धारणा राखेका थिए। प्रदेश सभापतिहरू इन्द्रबहादुर बानियाँ र ललितजंग शाहीले पनि बैठकमा धारणा राखेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै