• २०८३ भदौ २२ सोमबार

एसियाली खेलकुदमा नेपालले पुरुष क्रिकेटमा अफगानिस्तान र जापानसँग खेल्ने

एसियाली खेलकुदमा नेपालले पुरुष क्रिकेटमा अफगानिस्तान र जापानसँग खेल्ने

काठमाडौँ । एसियाली क्रिकेट परिषद्ले आगामी एसियाली खेलकुदअन्तर्गत पुरुष तथा महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

प्रतियोगिता सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानको नागोयास्थित पालोमा मिजुहो रङ्गशालामा सञ्चालन हुनेछ। सबै खेल टी-२० ढाँचामा हुनेछन् ।

पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग परेको छ । समूह चरणका खेल सेप्टेम्बर २४ देखि २६ सम्म सञ्चालन हुनेछन् । नेपालले सेप्टेम्बर २५ मा अफगानिस्तानसँग र सेप्टेम्बर २६ मा जापानसँग खेल्ने भएको छ । 

समूह ‘ए’ मा नेपालसहित अफगानिस्तान र जापान छन्। समूह ‘बी’ मा हङकङ चीन, मलेसिया र ओमान रहेका छन् ।

समूह चरणपछि क्वार्टरफाइनल सेप्टेम्बर २८ र २९ मा हुनेछन् । पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशले क्वार्टरफाइनलबाट प्रतियोगिता सुरु गर्नेछन् । सेमिफाइनल अक्टोबर १ तथा कांस्य पदकको खेल र फाइनल अक्टोबर ३ मा हुनेछ ।

महिला क्रिकेटको क्वार्टरफाइनल सेप्टेम्बर १७ र १८ मा, सेमिफाइनल सेप्टेम्बर २० तथा कांस्य पदकको खेल र फाइनल सेप्टेम्बर २२ मा हुनेछन् ।

सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ भारतले स्वर्ण पदक जितेको थियो । पाकिस्तानलाई हराउँदै बंगलादेशले कांस्य पदक जितेको थियो । महिला क्रिकेटमा भारतले स्वर्ण, श्रीलंकाले रजत र बंगलादेशले कांस्य पदक जितेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै