• २०८३ भदौ २४ बुधबार

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानसँग खेल्ने भएको छ ।

समुह चरणका खेल सकिएसँगै नेपाल समुह ए को विजेता हुदै सेमिफाइनलमा पुगेको हो । नेपाल अन्तिम खेलमा हङकङ चाइनासँग पराजित भएको थियो भने त्यसअघि बहराइन मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो । त्यस्तै समुह ए बाट हङकङ चाइना उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ ।

त्यसैगरी समुह बी बाट युएई समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ भने ओमान उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ ।

अब नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने छ भने हङकङ चाइनाले युएईसँग खेल्ने छ । सेमिफाइनलका खेल विहिबार हुने छन् । एसीसी प्रिमियर कपको फाइनल खेल आगामी शनिबार हुदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै