काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ११३ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ११३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २५ जना घाइते भएका छन् भने कोशीमा २७ जना, काठमाडौँ उपत्यकामा १४ जना, सुदूरपश्चिममा १६ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा २८ जना, कर्णालीमा २ जना र गण्डकीमा ३ जना घाइते भएका छन् ।









