• २०८३ भदौ २४ बुधबार

एनभिएलमा खप्तडमाथि अन्नपूर्ण सोझो सेटमा विजयी

एनभिएलमा खप्तडमाथि अन्नपूर्ण सोझो सेटमा विजयी

काठमाडौं । नेपाल भलिबल लिग (एनभिएल) अन्तर्गत अन्नपूर्ण स्पाइकर किङ्सले खप्तड फाल्कन्सलाई सोझो सेटमा पराजित गरेको छ । 

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न आयोजित खेलमा अन्नपूर्णले खप्तडलाई २५-१५,२५-१५ र २९-२७ को सोझो सेटमा पराजित गरेको हो । 

प्रतियोगितामा अन्नपूर्णको यो तेस्रो जित हो । जितसँगै अन्नपूर्ण किंग्स ४ खेलबाट ९ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

त्यस्तै, लगातार चार हारसँगै खप्तड फाल्कन्स प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै