• २०८३ भदौ २५ बिहीबार

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले ओमानको सामना गर्दै

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले ओमानको सामना गर्दै

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज ओमानसँग खेल्ने भएको छ ।

नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुने यो खेल मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुदैछ ।

समुह चरणका खेल सकिएसँगै नेपाल समुह ए को विजेता हुदै सेमिफाइनलमा पुगेको हो । नेपाल अन्तिम खेलमा हङकङ चाइनासँग पराजित भएको थियो भने त्यसअघि बहराइन मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो । त्यस्तै समुह ए बाट हङकङ चाइना उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ ।

त्यसैगरी समुह बी बाट युएई समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ भने ओमान उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ ।

अब नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने छ भने हङकङ चाइनाले युएईसँग खेल्ने छ । सेमिफाइनलका खेल विहिबार हुने छन् । एसीसी प्रिमियर कपको फाइनल खेल आगामी शनिबार हुदैछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टिम पठाएको छ । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै