• २०८३ भदौ २५ बिहीबार

अन्नपूर्ण स्पाइकर एनभीएलको फाइनलमा

अन्नपूर्ण स्पाइकर एनभीएलको फाइनलमा

काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्स जारी नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा पुगेको छ ।

विहिबार भएको खेलमा स्म्यासर्सलाई ३-१ को सेटमा पराजित गर्दै अन्नपूर्ण फाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को  कभर्ड हलमा भएको खेलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गरेको थियो । 

पहिलो सेटमा २१–२५ ले पछि परेको अन्नपूर्णले बाँकी सेटमा २५–२३, २५–१४ र २५–२० ले विजयी भएको थियो ।

६ टिम सहभागी लिगमा अन्नपूर्णको यो लगातार चौथो जित हो । पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवरजासँग ३–१ ले पराजित भएको थियो । अन्नपूर्णले दोश्रो खेलमा काठमाडौं रेड्सलाई ३–०, तेश्रोमा मधेश वारियर्सलाई ३–१ र खप्तड फाल्कन्सलाई ३–० ले हराएको थियो । सगरमाथा लगातार तेश्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

जारी प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।

नेपाल भलिबल लिगविजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ । पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलो पटक भएको हो । फाइनल भदौ २७ गते हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै