• २०८३ भदौ २६ शुक्रबार

प्रहरी महानिरीक्षक कार्कीलाई बर्खास्त गर्न सांसद खगेन्द्र सुनारको माग

प्रहरी महानिरीक्षक कार्कीलाई बर्खास्त गर्न सांसद खगेन्द्र सुनारको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुनारले महानिरीक्षक कार्कीविरुद्ध अख्तियार र सार्बजनिक लेखा समितिमा भ्रष्टाचारको उजुरी परेको भन्दै सरकारले किन बचाएको छ भन्दै प्रश्न गरेका हुन् ।

उनले भनेका छन्- सामान्य आरोपको भरमा तीन जना मन्त्री बर्खास्तमा पर्नुभएको छ । तर करोडौं करोड भ्रष्ट्राचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलगायत र उनको श्रीमती लगायतको ठुलो अधिकारी माथि यो आरोप लागेको छ । करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीदेखि अख्तियारदेखि सार्बजनिक लेखा समितिमा उजुरीको चाङमाथि चाङ खापिदै गएको छ । तल्लो दर्जाका प्रहरीहरुको जुत्ता मोजा खाइदिएको आरोप उनलाई लागेको छ ।'

सांसद सुनारले सरकार उनलाई बर्खास्त किन गरेको छैन भन्ने प्रश्न गर्दै भने- 'उनीमाथि छानबिन किन भैरहेको छैन, के कारणले उनलाई बचाइराखिएको छ, यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै