काठमाडौँ । दक्षिण कोरिया, अमेरिका र जापानबीच संयुक्त समुद्री सैन्य अभ्यास सकिएको एक दिनपछि उत्तर कोरियाले शनिबार छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र परिक्षण गरेको छ ।
दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाको वोनसान क्षेत्रबाट पूर्वी समुद्रतर्फ प्रहार गरिएका क्षेप्यास्त्र करिब २५० किलोमिटर उडेका थिए ।
दक्षिण कोरिया, अमेरिका र जापानले पाँच दिनसम्म उत्तर कोरियालाई केन्द्रमा राखेर संयुक्त समुद्री सैन्य अभ्यास गरेका थिए । उत्तर कोरियाले यसअघि उक्त अभ्यासलाई आफ्नो सुरक्षाका लागि ‘खतरा’ भन्दै विरोध गरेको थियो ।
दक्षिण कोरिया र अमेरिकी गुप्तचर निकायले क्षेप्यास्त्र प्रहारसम्बन्धी सूचना आदानप्रदान गरेका थिए भने जापानलाई पनि जानकारी गराइएको थियो ।









