• २०८३ भदौ २७ शनिबार

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्खस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

शनिबार बिहान करिब ८ बजे लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा चालकसहित ६ जना घाइते भएका थिए ।

घाइतेमध्ये त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी–५ सल्लेका करिब १८ वर्षीया बिपना बुढाथोकीलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो। दुवै जनालाई चिकित्सकले बिहान १०: २२ बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते हुनेमा जिप चालक त्रिवेणी–५ सिम्खका २४ वर्षीय भुपाल पुन, सोही स्थानका २९ वर्षीय पारस बोहरा र ५० वर्षीय डिल्लीबहादुर वली तथा त्रिवेणी–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी रहेका छन् ।

घाइते चारै जनालाई त्रिवेणी हेल्थ केयर लुहाममा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै